२०८२ बैशाख ९ गते सोमवार

तुलसीपुरमा खुल्ला भलिबल प्रतियोगिता हुने



८ पुस,घोराही ।
दाङको तुलसीपुरमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ स्वतन्त्र युवा क्लव तुलसीपुर–६ राजापुरको आयोजनामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
खेलकुदको विकास र विस्तारका लागि खेल र खेलाडीको पहिचान तथा विकासका लागि उक्त खेलको आयोजना गरिएको हो ।
प्रतियोगीले यहि पुस २२ गते सम्म आफ्नो टिम दर्ता गर्नपाउने छन् भने खेल उद्घाटन पुस २३ गते बिहान ११ बजेदेखि हुनेछ । स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम गर्ने उदेश्यका साथ आयोजना गरिएको अध्यक्ष सन्दिप गौतमले जानकारी दिनुभएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेका कारण स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गर्दै प्रतियोगिता हुनेछ । अरणीको मैदानमा हुने उक्त प्रतियोगितामा विजेता समूहले नगद ५० हजार, ट्रफि,मेडल र प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता समूहले नगद २५ हजार तथा ट्रफि,मेडल र प्रमाणपत्र र तृतीय हुने समूहले नगद १५ हजार, ट्रफि,मेडल र प्रमाणपत्र हात पार्नेछ ।

त्यसैगरि प्रति टिम दर्ता शुल्क रु पाँच हजार तोकिएको छ । टाईसिटका लागि उद्घाटनको दिन बिहान ८ बजे सम्म टिम क्याप्टेन वा टिम प्रतिनिधी उक्त खेल मैदनमा उपस्थित हुनुपर्ने छ । सबैखेल प्रेमीहरु उक्त कार्यक्रममा सहभागी भईदिनुहुन खेल संयोजक एच.आर मगरले हार्दिक अनुरोध समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्