८ मंसिर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट बितेको ४ महिनामा एक हजार पाँच सय बढिले प्रसुती सेवा लिएका छन् । चालु आर्थिक बर्षको साउन महिना देखि कार्तिक सम्म अस्पतालबाट एक हजार ५४५ जनाले प्रसुती सेवा लिएको अस्पतालका सुचना अधिकारी कृष्ण गोपाल चौधरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार ३२४ जनाको सल्यक्रिया गरिएको छ भने एक हजार २२१ जनाले समान्य प्रसुती सेवा लिएका छन् ।
सेवा लिनेमा सबैभन्दा धेरै २० बर्षदेखि ३४ बर्ष उमेर समुहका एक हजार ३३० जना रहेका छन् । यस्तै २० बर्ष मुनीका २४५ जना रहेका छन् भने ३५ बर्ष देखि माथिका ५७ जनाले प्रसुती सेवा लिएका छन् । गएको साउन महिनामा ४४३ जना, भदौमा ३२८, असोजमा ४२५ र कार्तिकमा ३४९ जनाले सेवा लिएको सुचना अधिकारी चौधरीले जानकारी दिनुभयो । दाङ सहित सल्यान, रुकुम, रोल्पा र बाँकेबाट प्रसुती सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ