८ मंसिर । दाङमा संक्रमण पुष्टि भएका मध्य ८५ प्रतिशत संक्रमित कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय दाङले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले सम्म जिल्लामा २ हजार ८ सय १ जनाको संक्रमण पुष्टि भएको र ति मध्य ५ दशमलब ८४ अर्थात २ हजार ४ सय २९ जना कोरोना मुक्त भएका हुन् ।
अहिले जिल्लामा ३ सय ६३ जना सकृय संक्रमित रहेका छन् । ति मध्य घरमै २ सय ८१ जना र ८२ जना संस्थागत आइसोलेशनमा बसेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ । कोरोनाका कारण अहिले सम्म दाङमा २८ जनाको मृत्युभएको छ । यसैगरी अहिले सम्म २१ हजार ४ सय ९५ जनाको स्वाब परिक्षण गरिएको समेत स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।।