२०८१ चैत्र १३ गते बुधवार

सुरक्षा सतर्कता बढाउन प्रधानमन्त्रीको निर्देशन



८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको मंसिर १४ गते हुने नेपाल भ्रमणका क्रममा विशेष सुरक्षा तयारी गर्न चारवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई आइतबार बालुवाटार बोलाएर ओलीले यस्तो निर्देशन दिएका हुन् ।

आइतबारै गृहमन्त्री रामबहादुर थापाले पनि प्रहरी, सशस्त्र र अनुसन्धान विभागका प्रमुखसँग भेट गरी सुरक्षामा विशेष तयारी गर्न निर्देशन दिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्