६ कार्तिक,घोराही –
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी दाङले तिहार तथा छठको अवसर पारेर कार्यकर्ताको जमघट आयोजना गरेको छ । घोराही स्थित होटल माला इनमा भएको जमघट कार्यक्रममा उपमहासचिव प्रकाश ज्वाला, केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज भागवत बिश्वासी, पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरी लगायतको उपस्थिति थियो ।
शुभकामना आदान प्रदानका लागि अन्य दलका प्रतिनिधिहरुको पनि उपस्थिति भएको थियो । कार्यक्रम नेताहरुले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन भएको र यसलाई बिशाल बनाईने बताएका थिए ।
केपी ओलीको प्रबृत्तीले एमाले मात्रै नभई कम्युष्टि निति, बिचार र आन्दोलनमा आक्षेप लाग्ने अबस्था आएको उनिहरुको भनाई छ । पार्टीका उपमहासचिव प्रकाश ज्वालाले एकीकृत समाजबादी पार्टीले नै अब एकीकृत कम्युनिष्टहरुको नेतृत्व गर्ने दावी गर्नुुभयो । एकीकृत समाजबादी दाङका अध्यक्ष सुरामणि बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी कार्यक्रर्ताको उपस्थिती उल्लेख्य रहेको थियो ।।