२०८१ मङ्सिर २४ गते सोमवार

बेबारिसे मावनको संरक्षणसँगै जिवन रक्षाका लागी रक्तदान



६ कार्तिक,घोराही –
विरामीका लागि रगतको अभाब हुन नदिन दाङको घोराहीमा मानव कल्याण समाज सेवा घरले रक्तदान कार्यक्रम कार्यक्रम गरेको छ । समाजका केन्द्रिय सचिव विजयकुमार पोख्रेलको अध्यक्षता एवं घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी रक्तदान गरिएको हो ।

सेवा घरमै गरिएको कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा सौगात रिजाल, अभिषेक केसी, श्याम भण्डारी, छवी पुरी, सन्देश डाँगी, खगेन्द्र वली, दिनेशकिशोर वली, रचना सुवेदी, सुस्मीता श्रेष्ठ, विक्रम खड्का र पृथक केसी रहनुभएको छ ।

कार्यक्रममा नगरप्रमुख चौधरीले रक्तदान नै नयाँ जीवनको बरदान भएको उल्लेख गर्नुभयो । स्वस्थ व्यक्तिले रक्तदान गरेर अर्को व्यक्तिको जीवन बचाउनु महान कार्य भएको धारणा राख्नुुभयो ।

बेबारिसे मावनको संरक्षण सँगै जिवन रक्षाका लागि काम गर्दै आएको र अहिले रगतको अभाब हुुन नदिन रक्तदान कार्यक्रम गरिएको समाजले जनाएको छ । सेवा घरमा अहिले ४० जना बेवारीसे अबस्थामा रहेका नागरिकहरुले संरक्षण पाएका छन् ।

मुठ्ठी दान र सहयोगबाट चलेको सेवा घरले अहिले सम्म ३० जनालाई विभिन्न ठाउँबाट  उद्धार गरी उनिहरुलाई घरपरिवारसँग पुनःमिलन गराउन सफलभएको समाजको भनाई छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्