६ असोज, घोराही –
दाङमा छायांकन गरिएको नेपाली चलचित्र मंजिलको ‘च्यारिटि सो’ को मिति सार्वजनिक गरिएको छ । कोरोनाभाइरस संक्रमणको अवस्थामा छायांकन गरिएको यस चलचित्रको च्यारिटि सो कात्तिक १३ गते घोराहीको स्वर्गद्धवारी चलचित्र मन्दिरमा गरिने निर्माण कम्पनीले जनाकारी गराएको छ ।
चलचित्रको अधिकांश छायांकन दाङका धार्मिक एवं प्रर्यटकिय स्थल र केहि भाग प्युुठानको स्वर्गद्धवारी मन्दिर लगाएतका ठाउँमा गरिएको आज घोराहीमा पत्रकार सम्मेलन मार्फत जनाकारी गराईएको छ । हालै यस चलचित्रको प्रदर्शन मिती को बारेमा पनि भने जानकारी गराइएको छैन । प्रोडक्सन म्यानेजर नारायण नेपालका अनुसार यस चलचित्र २०७८ को तिहार पछि प्रदर्शन हुने भएको छ ।
अमर ‘यूनिक’ ईन्टरटेन्मेन्ट प्रा.लि को व्यानरमा निर्मित चलचित्रमा धिरण शाक्य, सागर खनाल, आलिशा वास्तोला, शसी शर्मा मज्गैयाँ, रोसी श्रेष्ठ,अमर घर्ती, निमा घर्ती, विजया हमाल, लोकराज पराजुुली लगाएतका कालाकारको अभिनय रहेको छ । शन्देश शाहाको निर्देशन तथा सम्पादन रहेको उक्त चलचित्रको लगानी अमर घर्ती ‘यूनिक’ को रहेको छ । ७० लाखको लागतमा निर्माण भएको यस चलचित्र दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।।