६ असोज,घोराही –
लामो समयसम्म परेको पानीका कारण खसेको पहिरोले घोराही मुुर्कुटी सडक खण्ड अबरुद्ध बनाएको छ । घोराही उपमहानगरपालिका ४ कुुईने खोला नजिकै पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।
लगातार परेको बर्षाका कारण गएराती पहिरो खसेका कारण सवारी आवागमन ठप्प छ । सडकमा खसेको ठूलाठूला ढुंगाहरु हटाउने काम भैरहेको र बेलुका सम्म सडक खुुल्ने जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।।
प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार