२०८२ बैशाख ११ गते बुधवार

दाङको देउखुरीमा टाटा सुमो दुर्घटना हुँदा ८ घाइते



६ कात्तिक, दाङ– दाङको देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन । घाइते ७ जना प्युठान नगरपालिकाका र एक जना लमही नगरपालिकाका रहेका छन । प्युठानको बिजुवार बाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी शनिबार पौने १ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना भएको हो।

घाइते गणेश बहादुर घर्ती मगरका अनुशार सतबरियामा किनेको जग्गा हेरफेर गर्न आउँदै गर्दा बाटोमा दुर्घटना भएको हो । दुर्घटनामा१७ वर्षिया मिना घर्ती, १५ वर्षिया रबिना घर्ती, १० वर्षिय बिजय घर्ती, ३५ वर्षिया जिता घर्ती, २२ वर्षिया कुमारी राना, वर्ष २२ कै लक्ष्मी खड्का, ३ वर्षका आरस खड्का, ५३ वर्षिया दिलसरी राना र लमही ६ देउपुर निवासी वर्ष ३६ को तुल्सिराम न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते मध्य ५३ वर्षिया दिलसरी रानाको अवस्था गम्भीर भएकोले बाहिर रिफर गर्नु पर्ने भएको छ भने अन्यको लमही अस्पतालमा उपचार भैरहेको छ । चालक वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेका छ्न ।।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्