२०८१ फाल्गुन ४ गते आइतवार

एमालेले आज देशैभर वडा अधिवेशन गर्दै, अध्यक्ष ओलीले ‘भर्चुअल’ सम्बोधन गर्ने



६ असोज,घोराही –
नेकपा एमालेले आज शनिवार देशैभर वडा अधिवेशन गर्दैछ । शनिवार दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गरेर वडा अधिवेशन उद्घाटन गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

भर्चुअल माध्यममा सहभागी हुन देशैभर अनलाइन लिंक पठाइएको छ । अनलाइन लिंक पार्टीको फेसबूक पेजमा समेत उपलब्ध रहेको जनाइएको छ ।

एमालेले पार्टीको एप समेत सञ्चालनमा ल्याएको छ । प्लेस्टोरमा सीपीएन यूएमएल खोजेर एप डाउनलोड गरी आफ्नो विवरण भरेर प्रयोग गर्न सकिने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्