७ असोज,काठमाडौं –
हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा झारखण्ड आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरूको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त स्थानहरूका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।