२०८१ चैत्र १३ गते बुधवार

लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त



७ भदौ, बुटवल – लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन्। निवर्तमान न्यायधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएपछि रिक्त रहेको पदमा सुवेदी नियुक्त हुनुभएको हो ।

सुवेदीले आज सोमवार साँझ छ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गर्नुभएको छ। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दिक्षितले सुवेदीलाई शपथ ग्रहण गराउनुुभएको हो ।

सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य हुनुुहुन्छ । सुवेदीको शपथ ग्रहणमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरु, प्रहरी, सेना मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो।।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्