७ भदौ,घोराही –
दाङको लमहीबाट अवैध बन्यजन्तु चितुवाको छाला सहित तीन जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।
बाँकेबाट दाङ तर्फ आउदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई लमही नगरपालिका ९ अमेलियामा जाँच गर्ने क्रममा २ वटा साना र एउटा ठूलो गरी ३ वटा बाघको छाला सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैतडि जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ का २० वर्षिय बिमल औजि, सेहि ठाउँका २८ वर्षिय प्रदिप कुमार वि.क र २० वर्षिय हेमन्त औजि रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपि मुकुन्द प्रसाद रिजालले जानकारी दिनुुभयो ।
उनीहरुको साथबाट चितुवाको छाला जस्तो दिेखने छाला (ठुलो) पुच्छर देखि टाउँको सम्म ७ फिट ६ ईन्च लम्बाई र अगाडिको खुट्टा विचको ४ फिट ७ ईन्च छाला एक थान, र टाउँको देखि पुच्छर सम्मको २ फिट ८ ईन्च तथा पुच्छर देखि टाउँको सम्मका २ फिट भएको दुई ओटा साना गरि जम्मा ३ थान छाला फेला पारेको हो ।
त्यस्तै ओसारपसारमा प्रयोग गरिएको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको सेतो कार र ३ थान मोबाईल बरामद गरेको प्रहरीले बताएको छ । पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको छ । यस अघि पनि प्रहरीले बाघ र रेडपाण्डाको छाला सहित व्यक्तिहरुलाई पक्राउ गर्दै आएको छ । चिन तथा भारत सम्म पु¥याउनका लागि तस्करहरुले दाङको बाटोलाई मुख्य बनाउने गरेका छन् ।।