प्युठानको नौबहिनी गाउँपालिका ५ डार्मीका ७० घर परिवार पहिरोमा उच्च जोखिममा परेका छन् । ठूलो डार्मी, सानो डार्मी, बसेलगायतका आधा दर्जन गाउँका ७० घर परिवार पहिरोको जोखिममा परेका हुन् ।
ठूलो डार्मीका केरबहादुर थापा, दलजिता थापा, राजिमा घर्तीलगायत एक दर्जन परिवारले घर छाडिसकेका छन् । डार्मीका ७० परिवारलाई तत्कालै अन्यत्र सार्नुपर्ने अवस्था रहेको नौबहिनी५ का वडाध्यक्ष अनबहादुर घर्ती मगरले बताउनुभयो ।
सिंगो गाउँ नै पहिरोको जोखिममा रहेको र तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको उहाँको भनाई छ । पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि डार्मीका अधिकांश बस्तीमा अहिले खानेपानीको समस्या भएको छ।
वर्षाले विद्युत् पोल बगाएपछि सानो डार्मी, बसेलगायतका बस्तीमा विद्युत् अवरुद्ध रहेको मानबहादुर पुनले बताउनुभयो ।।