२०८१ माघ ५ गते शनिवार

प्यूठानको नौबहिनी र ऐरावतीमा विद्यालय सुचारु



७ भदौ, घोराही –
प्युठानको नौबहिनी र ऐरावती गाउँपालिकामा रहेका विद्यालयहरु सञ्चालनमा आएका छन् । कोभिडका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै अभिभाबकले विद्यालय खुलाउन अनुरोध गर्दै आएका थिए ।

भदौ २ गते बसेको प्रधानाध्यापकहरुको बैठकले विद्यालय सञ्चालन गर्न गाउँशिक्षा समितिलाई अनुरोध गरेको थियो । शिक्षा समितिले निर्णय गरेर आजदेखि विद्यालय सञ्चालनमा ल्याएको नौबहिनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द्र बर्माले जानकारी दिनुभयो । यस्तै ऐरावती गाउँपालिका अन्तर्गतका विद्यालयहरु साउन तेस्रो सातादेखि सञ्चालमा आईसकेका छन् ।।
ब्ब

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्