२०८२ बैशाख १२ गते बिहिवार

दाङमा बेपत्ता भएका एक व्यक्तिको शव चार दिन पछि भेटियो



७ भदौ, घोराही –
दाङमा गएको भदौ ३ गते खोलाले बगाएर बेपत्ता हुनुभएका बामे बिकको शव फेला परेको छ । शान्तिनगर गाउँपालिका २ निवासी ५१ बर्षीय बिकको शव आज बिहान १० बजे फेला परेको प्रहरीले बताएको छ ।

बगेको स्थान देखि तीन किलोमिटर तल बिकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

बिकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बिकलाई गएको भदौ ३ गते खोला तर्ने क्रममा बागर खोलाले बगाएको थियो ।।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्