७ भदौं,काठमाडौं –नेकपा एमालेमा माधवकुमार नेपालको साथ छाडेका मध्यमार्गी नेताहरुले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न खोजेका माधवकुमार नेपालले आफूहरुलाई खासै वास्ता नगरेको अनुभव गरेका छन् ।
निर्वाचन आयोगमा नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टी गठनका लागि निवेदन दिएका नेपालका समूहका यी नेताहरुले दल गठन गर्ने निवेदन दिन जाँदा चाहिँ नेपाललाई साथ दिएका थिएनन् ।
उनीहरुले नेपाललाई साथ नदिए पनि केही दिनपछि एक छलफल आयोजना गर्दै आफूहरु पार्टी एकता गर्नु पर्ने अडानमा नै कायम रहेको बताउँदै आएका थिए ।
यसका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैले १० बुँदे सहमतिको प्रस्तावलाई अक्षरशः पालना गर्नु पर्ने उनीहरुको सर्त थियो । त्यस्तै, नेपालले नयाँ दल दर्ता प्रक्रियालाई रोक्नु पर्ने पनि उनीहरुले माग गरेका थिए ।
तर, यीमध्ये एक नेताका अनुसार अहिलेसम्म उनीहरुको विषयमा दुवै ओली र नेपालले खासै चासो देखाएका छैनन् । निर्वाचन आयोगले बुधबार सनाखतका लागि नेपाल पक्षका नेताहरुलाई बोलाएको छ । त्यसअघि नै सहमतिको प्रयास हुनु पर्ने यी नेताहरुले माग गरेका छन्, चाहेका छन् ।
‘अहिलेको अवस्था हेर्दा त्यस्तो हुने देखिँदैन,’ एक नेताले फरकधारलाई भने, ‘यसले गर्दा एमाले अब एक हुन्छ भन्न सकिँदैन । पार्टी विभाजनको विकल्प अहिले देखिएको छैन ।’ फरकधारबाट