२०८१ असार ६ गते बुधवार

रोटरी क्लव दाङको अध्यक्षमा महरा



७ साउन,दाङ – रोटरी क्लव अफ दाङको वर्ष २०२२/०२३ का लागि अध्यक्षमा ओवेन्द्र बहादुर महरा चयन हुनभएको छ । क्लवको वर्ष २०२१/०२२ का अध्यक्ष रजिव उल्लाह खानको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं घोराहीका उपप्रमुख हुमाकुमारी डिसीको विशिष्ठ आतिथ्यतामा ११ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो ।

रोटरी क्लब अफ दाङका नबनिर्बाचित अध्यक्ष महरालाई निर्बतमान अध्यक्ष खानले पद हस्तान्तरण गर्नु भएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष महराले रोटरी कल्वको नेतृत्व आफुले गर्दा समाजलाई सेवालाई प्राथमिकतामा राख्दै समाजका लागि खटेर यो कार्यसमितीले काम गर्ने बताउनु भयो ।

यस्तै आगामी वर्ष २०२३÷०२४ का लागि भावी अध्यक्ष प्रदिप मज्गैया, प्रस्तावित अध्यक्ष प्रदिप सुबेदी, उपाध्यक्षमा मिनराज भाट, सचिवमा डा। बोम विसी, कोषाध्यक्षमा रोशन दाहाललाई चयन गरिएको छ । कार्यक्रम संयोजक रवि किरन केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव रोशन दहालले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्