२०८१ जेष्ठ ३० गते बुधवार

प्रेस सेन्टर घोराहीले नियमित बचत र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने



७ असार, घोराही –
प्रेस सेन्टर नेपाल घोराही शाखाले नियमित बचत र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज पालिका शाखा अध्यक्ष सन्तोष डाँगीको अध्यक्षता एवं संगठनका दाङ जिल्ला इन्चार्ज प्रकाश चौधरीको प्रमुख आतिथ्यता तथा दाङ जिल्ला अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपालीको विशिष्ट आतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले संगठनको केन्द्रीय समिति, प्रदेश समिती र जिल्ला समन्वय समितिका निर्णय र परिपत्र अनुरुप सांगठनिक काम गर्ने, जिल्ला समन्वय समितिसँग सहकार्य गरेर नियमित बचत गर्ने, हरेक महिनाको दोस्रो शनिवार बैठक गर्ने र बैठकमा अतिथिमार्फत नियमित राजनैतिक, पत्रकारिता र प्राविधिक विषयमा प्रशिक्षण संचालन गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले संगठनको बैंकमा खाता संचालन गर्ने, स्थानीय सरकारहरूसँग समन्वय गरेर पत्रकारिता सम्बन्धी क्षमता विकास तालिम संचालन गर्नेलगायतका निर्णय पनि गरेको छ । घोराही शाखाका उपाध्यक्ष हेमराज परिवर्तको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव आभाष बुढाथोकीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्