२०८१ फाल्गुन ४ गते आइतवार

दाङमा मेहेन्दी लगाउन बोलाएर जबरजस्ती विहे गर्दिन खोज्नेका बिरुद्ध मुद्दा दर्ता



७ साउन, घोराही – 
दाङमा मेहन्दी लगाउन घरमा बोलाएर जबरजस्ती केटाको घरमा पु¥याउन खोज्ने गाडी चालक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेहन्दी लगाउन बोलाउन घोराही उपमहानगरपालिका–१० नारायणपुर निबासी २२ वर्षीया रोशनी लामिछाने, उनकी आमा सिता केसी लामीछाने र केटाको घरमा केटी पु¥याउन प्रयोग भएको स्कारपियो गाडीका चालक तुलसीपुर उपमहानरपालिका–४ निबासी २८ बर्षका शिशिर बादी रहेका छन् ।

मेहन्दी लगाइसकेपछि रोशनी र सिताले जबरजस्ती बा ६ च ४७७६ गाडीमा राखेर तुलसीपुर– ७ गणेशपार्क नजिकै बस्ने ३५ वर्षीय प्रकाश वलीको घरमा पु¥याइएकी युवतलीलाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

पिडित युवतीले आफ्नो बुवालाई घटनाको बिषयमा जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरको सहयोगमा युवतीलाई साउन २ गते केटाको घर नजिकैबाट उद्धार गरेको डिएसपी रिजालको भनाई छ ।

पक्राउ परेका ३ जनाविरूद्ध अपहरण, जवरजस्ती ओसारपसार तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरेको प्रहरीले बताएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत दाङले पाँच दिन थुनामा राख्न आदेश दिएको छ ।।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्