२०८१ साउन ५ गते शनिवार

दाङ जिल्ला `ए´ डिभिजन लिगमा बडहराकाे तेस्रो जित



९ असार, घोराही – दाङ जिल्ला ए डिभिजन लिगको आज पाँचौं दिन बडहरा युवा क्लब,न्यु स्टार फुटबल एकेडेमी र यूनाइटेड युवा क्लव विजयी भएका छन्।
जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतवार बिहान बेलझुण्डी रंगशालामा भएको पहिलो खेलमा न्यु स्टारले इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुरलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
त्यसैगरी दोस्रो खेलमा यूनाइटेड युवा क्लवले सक्सेस फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। दुवै क्लवले आफ्नो खातामा ३/३अंक जोड्न सफल भएका छन्।
यसैगरी आजै भएकाे तेस्राे खेल अन्तर्गत बडहरा युवा क्लवले एस.एस.एफएलाई १०-०गोल अन्तरले पराजित गरेको छ।बिजयी बनेसँगै बडहरा‌ युवा क्लबले जारी जिल्लास्तरीय लिगमा ९ अंक जोड्न सफल भएको छ । समान तीन खेल खेलिसक्दा तीनै खेलमा बडहरा क्लबले जित निकाल्न सफल भएको छ ।
दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा भएको प्रतियोगिता असारको १९ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागी रहेका छन् । लिग कम नकाउटका आधारमा भइरहको प्रतियोगितामा समूह ‘ए’ मा युनाईटेड फुटबल क्लब तुलसीपुर, न्यू स्टार फुटबल एकेडेमी नारायणपुर, सक्सेस फुटबल क्लव तुलसीपुर, बडहरा फुटबल क्लब घोराही, एसएसएफए तुलसीपुर र इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुर रहेका छन् ।
समूह ‘बी’ मा नवलपुर फुटबल एकेडेमी घोराही, टाईगर युवा क्लब तुलसीपुर, युएनबिसी घोराही, किसान जागृत युवा क्लब घोराही, राप्ती फुटबल क्लब घोराही र लक्ष्य युबा क्लब तुलसीपुर रहेका छन् । लिगको बिजेता टिमले नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ भने उपबिजेता टिमले नगद २५ हजार,मेडल, प्रमाणपत्र हात पार्नेछ ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस्