२०८२ बैशाख १० गते मङ्गलवार

रोल्पामा मादक पदार्थ सेवनबाट सुरु भएको विवादले युवाको ज्यान लियो



९ असार,घोराही –
रोल्पामा मादक पदार्थ सेवनबाट सुरु भएको विवादले एक युवाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेशराज सुबेदीका अनुसार मृत्यु हुनेमा रोल्पा नगरपालिका ९ का १८ बर्षिय अबिलास घर्तीमगर रहेका छन् । असार १ गते सोहि ठाउँ निवासी २४ बर्षिय धनिमान पुनमगर र अबिलासका बिच मादक पदार्थ सेवन गर्दा बिवाद भएको थियो ।

बिवादका क्रममा धनिमानले अबिलासलाई पेटमा मुक्का प्राहार गरेका थिए । घाईते अभिलासलाई जिल्ला अस्पताल रेउघामा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा लगिएको थियो । उनको असार ३ गते साँझ उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक सुबेदीले बताउनुभयो । मृत्यु हुनुभन्दा पहिले उनीमा कोरोना संक्रमण पनि देखिएको थियो । ।।

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्