२०८१ असार २ गते शनिवार

दाङमा ईट्टा जस्तो देखिने बस्तुलाई सुन भनि झुक्याउने ५ जना पक्राउ



९ जेठ, घोराही – दाङमा माटोको ईट्टा जस्तो देखिने बस्तुलाई सुन भनि झुक्याउने ५ जना पक्राउ परेका छन् । तुलसीपर ६ स्थित एकान्त होटेलमा सर्वसाधारणलाई अवैध सुन विक्रि गरिरहेको भन्ने जानकारीको आधारमा गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको राजपुर गाउँपािलका वडा नं.६ खांग्रानाका बस्ने वर्ष २६ का राज कुमार बुढा, सोहि ठाउँका
२४ वर्षिय प्रकाश खडका, दार्चुलाको व्यास नगरपालिका वडा नं.२ का २३ वर्षका शुरेन्द्र सिहंधामी, सल्यान शारदा नगरपालिका वडा नं.१ की ४९ वर्षिया शावित्रा बुढाथोकी र सल्यान कुमाख गाउँपािलका वडा नं.१ बस्ने ३० वर्षिया गिता बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक प्रवक्ता मुकन्द प्रसाद रिजाले जानकारी दिनुभयो ।

सुनजस्तो देखिने सानो टुक्रा स्याम्पलको रुपमा देखाएर अन्य सामानसंग बार्गेनिङ गरि सर्वसाधारणलाई ठग्नखोजिरहेको अवस्थामा उनीहरुलाई होटेलको कोठा नम्बर १०३ बाट पक्राउ गरिएको प्रवक्ता रिजाले बताउनुुभयो । उनीहरुको साथबाट ईट्टको टुक्रा २ थान, हरियो रङको जेब्रा झोला एक थान र सनुजस्तो देखिने पहेलो धातुको टुक्रा एक थान फेला परेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्