२०८१ असार २ गते शनिवार

आगलागी हुँदा एकै परिवारका चार बालवालिकाको मृत्यु



१० बैशाख,जुम्ला – जुम्लाकाे तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा गएराति आगलागी हुँदा एकै परिवार चार बालबालिकाको ज्यान गएकाे छ ।  तिला गाउँपालिकाका मानसिंह सार्कीको घरमा आगलागी हुँदा उनका दुई छोरी, एक छोरा र भान्जीसहित चार जनाकाे जलेर ज्यान गएकाे हाे ।

आगलागीमा परि १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, तीन वर्षीया दर्शना सार्की र एक वर्षीय दिपेश सार्कीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

मानसिंह नेपाली र उहाँकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली आगलागीका कारण बेहोस भएका र उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जनाएकाे छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयकाे सहयाेगमा गएराति नै आगाे निभाइएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्