२०८१ साउन ५ गते शनिवार

घोराही १० झारबैराका एक वृद्धको मृत्यु



१० बैशाख,घोराही ।
घोराही उपमहानगरपालिका १० झारबैराका एक वृद्धको इनारमा डुवेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षिय नेत्रलाल खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द्र प्रसाद रिजालले जानकारी दिनुुभएको छ ।

सोहि ठाउँका केशव घिमीरेको घर अगाडि रहेको इनारमा डुवेर आज दिउसो ३ वजे मृत्युभएको डिएसपी रिजालले जानकारी दिनुुभयो ।

करिव ५०–६० मिटर गहिराईमा शव रहेको र नेपाली सेना,नेपाल प्रहरी लगाएत स्थानियको पहलमा शव निकाल्ने प्रयास भईरहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्