२०८२ बैशाख १० गते मङ्गलवार

दाङमा बढ्दै कोरोना संक्रमित, आज ८८ जना थपिए



१० बैशाख,घोराही।
दाङमा कोरोना भाइरस संक्रमित संख्या थपिदै जान थालेको छ । हिजो ६२ जनामा संक्रमण पुष्टि भएका थिए भने आज त्यो संख्या बढेर ८८ पुगेको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १ सय ६० जनाको पिसिआर परिक्षण गर्दा ६७ जनामा कोरोना देखिएको छ ।

त्यस्तै जिल्ला बाहिर आज २१ जनामा संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा गरिएको परिक्षणमा तुलसीपुरका ३५, घोराहीका २४, बबई, गढवा र शान्तिनगरका २÷२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै जिल्ला बाहिर तुलसीपुरका ११, घोराहीका ३, राप्ती, बबईका २÷२, शान्तिनगर र दंगिशरणका १÷१ जनामा संक्रमण देखिएको छ । यो सँगै दाङमा अहिले सकृय संक्रमितको संख्या ३ सय ७० पुगेको छ ।

जस्मा७४ जना बिरामीको बाहिरी जिल्लामा उपचार भैरहेको केन्द्रले जनाएको छ । अन्य ३६ जनाको कोरोना बिषेश अस्पताल बेलझुण्डि र ९ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

विषेशगरी जिल्लाका घोराही र तुलसीपुरमा संक्रमितको संख्या बढ्दै गएको छ । अहिले तुलसीपुरका एक सय ६८ जना र घोराहीमा एक सय ४४ जना सकृय बिरामी छन् । कोरोनाको लक्षण देखिएपछि र गम्भिर बिरामी परे पछि मात्रै नागरिकहरु कोरोना जाँच गर्ने गरेका छन् ।।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्