२०८१ माघ २६ गते शनिवार

बालबालिकामा कोभिड सङ्क्रमण बढ्दो, जोगाउन चिकित्सकको सुझाव



१० बैशाख,घोराही ।
नेपालमा कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा संक्रमित हुने बालबालिकाको सङ्ख्यामा वृद्धि देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गएको सात दिनमा पीसीआर र एन्टिजन परीक्षण गर्दा कुल १० हजार ६ सय ३५ जना संक्रमित थपिएका छन् ।

त्यसमा नौ वर्षसम्मका २ सय २३ जना र १० देखि १९ वर्षसम्मका ८ सय ६५ जना रहेका छन् । चिकित्सकहरूले कोरोना भाइरस संक्रमणको दोस्रो लहरले पहिलेभन्दा तुलनात्मक रूपमा बालबालिकालाई बढी प्रभाव पारिरहेको बताएका छन् ।

नेपालमा हाल कोरोनाभाइरसको यूके भेरिअन्ट र डबल म्युटन्ट भेरिअन्ट देखा परेको सरकारले जनाएको छ । वयस्क व्यक्तिहरूको तुलनामा बालबालिकाको कोभिड १९ परीक्षण कम भएको हुँदा संक्रमित बालबालिकाको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्