१० बैशाख,घोराही /
बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । सल्यानका एक जना र बाँकेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय मानबहादुर पुनको आज बिहान मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।
साथै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत सल्यानको बनगाड ३ का ५६ वर्षीय वीरबहादुर नेपाली र बाँकेको जानकी १ की ७१ बर्षीया महिला सुमन पाठकको मृत्यु भएको वलीले बताउनुभया । सल्यानका नेपाली र बाँकेकी पाठकको बिहीबार राति नै मृत्यु भएको हो । बाँकेमा बितेको २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ ।।
प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार