२०८१ चैत्र १० गते आइतवार

दाङमा कोरोना संक्रमितलाई भुइँमै राखेर उपचार गरिँदै



१० बैशाख,घोराही /
दाङमा कोरोनाका विरामीहरुलाई उपचार गर्न अस्पतालमा बेड नभएपछि अस्पतालको कोलिया र भूइँमै राखेर उपचार गर्न थालिएको छ । कोरोनाका विरामीलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमता भन्दा बढी विरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा भुइँमै राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

पहिलो चरणको कोभिडमा एक सय बेडमा सञ्चालन भएको कोरोना विशेष अस्पताल बेलझुण्डी अहिले भने २५ बेडमा मात्रै सञ्चालनमा रहेको छ । कोरोना संक्रमितको उपचारका लागि स्थापना गरिएको प्रदेशस्तरिय कोरोना विशेष अस्पताल बेलझुण्डी ‘हाउस फूल’ भए पनि उपचारको अर्को व्यवस्था भने हुन सकेको छैन ।

अस्पताल कोरोना संक्रमित विरामीले भरिँदा अस्पातलमा बेड अभाव भएको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिनुभयो । २५ बेडमा सञ्चालन भएको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड सम्म पु¥याएर सञ्चालन गरी विरामीको उपचार गरिरहेको भए पनि अस्पतालमा आउने विरामीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको ओलीले बताउनुभएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्