१० बैशाख, दाङ । इनारमा डुबेर दाङमा एक बालकको मृत्यु भएको छ । घोराही ५ धर्ना भैसापथ्रा निबासी ५ वर्षिय बालक प्रज्वल परियारको हिजो मृत्यु भएको हो ।
छिमेकी कुमानन्द नेपालीको इनारमा खस्दा बालकको मृय्यु भएको मृतक बालकका बुवा पदम परियारले जानकारी दिनुभयो । गत फागुनमा खनेको इनार लापरबाही गरि हाल सम्म पनि मर्मत नगर्दा सो घटना भएको उहाले जानकरी दिनुभयो ।
प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार