२०८२ बैशाख ९ गते सोमवार

पत्रकारले पारिश्रमिक नपाएर पलायन हुने अबस्था



१० चैत, घोराही –न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंग दाङको समन्वय आज घोराहीमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन अबस्था चुनौती र भाबी रणनीति विषयमा लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रियालाई सम्बोधन गर्दै समितिका अध्यक्ष संगीता खड्काले पत्रकारिता पेशालाई व्यवस्थित ढंगले अघि बढाउने बताउनुभयो ।

पत्रकारलाई उचित पारिश्रमिक नदिएसम्म पत्रकारिता गुणस्तरीय बन्न नसक्ने उहाँको भनाइ छ । मिडिया र सञ्चारकर्मी दुबैलाई सबल भए मात्रै मिडिया सबल हुने बताउनुभयो । यस्तै पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मिडिया र पत्रकारितालाइ श्रममैत्री बनाउन राज्य, सञ्चार गृह र पत्रकार महासंघले संयुक्त पहल गर्नुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ दाङका अध्यक्ष सन्तोष सुबेदी, समितिका शान्ता अधिकारी, नेपाल पत्रकार महासङका केन्द्रीय सदस्य लिला शाह, अजयदिप शर्मा, सञ्चारकर्मी प्रताप रेग्मी, छवि पुरी लगायतले सञ्चार माध्यममा कार्यरत पत्रकारले पारिश्रमिक नपाएर पलायन हुने अबस्था रहेकोे धारणा राखेका थिए ।।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस्