९ चैत्र, एजेन्सी –
भारतको हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै एक गोदाममा आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको छ ।
उनीहरू सबै भारतका अलग–अलग राज्यका हुन् । स्थानीयवासीका अनुसार अवेर राति आगलागी हुँदा गोदाममा १२ जना मजदुर थिए । एक जना भने सुरक्षित रहन सफल भएका छन् । मृतकमध्ये १० जना बिहारको छपरास्थित आजमपुरा गाउँका रहेको बताइएको छ । यो घटना पछि आजमपुरा शोकमा डुबेको छ ।
आगलागीको कारण खुलेको छैन । प्रारम्भिक जाँचअनुसार सर्ट सर्किट भएर आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ ।दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । साथै मोदीले ज्यान गुमेकाहरूका परिवारलाई सरकारका तर्फबाट जनही ६ लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् ।