२०८२ बैशाख १३ गते शुक्रवार

माओवादीको कित्ता क्लियर छ, समाजवाद हाम्रो कित्ता हो: देवेन्द्र पौडेल



११ फागुन,काठमाडौं-  नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले संविधान संशोधनमा माओवादीको कित्ता क्लियर रहेको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले सत्ता पक्षले पटकपटक माओवादी केन्द्रलाई कित्ता क्लियर गर्न  भनिरहँदा माओवादीको कित्ता पहिल्यैदेखि क्लियर रहेको बताएका हुन्।

‘समाजवादी प्रणालीमा जान चाहन्छौं। हाम्रो कित्ता क्लियर छ। उत्पीडित जनताको हित गर्ने समाजवाद हाम्रो कित्ता हो,’ उनले भने।  उनले माओवादी केन्द्रसँग सल्लाह नै नगरी संशोधन कुरा गरिएको पनि बताए। यद्यपि माओवादीको रोहबरबिना संविधान संशोधनको कुरा किमार्थ सम्भव नरहेको उनले बताए। पौडेलले  सुकुम्बासी सडक र खोल्साको जग्गा दिन लागेको विषयको पनि आलोचना गरे।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्