२०८१ मङ्सिर १६ गते आइतवार

प्रतिष्ठाका नवनियुक्त उपकुलपति डा. लामिछानेद्वारा पदभार ग्रहण



११ फागुन,घोराही – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका नवनियुक्त उपकुलपति डा. विकास लामिछानेले बुधबार पदभार ग्रहण गर्नुभएको छ । आज प्रतिष्ठान पुगेर डा. लामिछानेले पदभार ग्रहण गर्नुभएका हो ।

नवनियुक्त उपकुलपति लामीछानेलाई प्रतिष्ठानका शिक्षाध्यक्ष बसन्त लामिछाने, रजिस्ट्रार प्रकाश थापा, डिन डा. सागर पन्थी, अस्पतालका उपनिर्देशक डा. एन्जिलीका कार्कीसहित अस्पतालका चिकित्सक र कर्मचारीले स्वागत गर्नुभएको थियो । सो अवसरमा उपकुलपति डा. लामिछानेले आगामी चार बर्ष भित्र दाङमा एमबिबिएसको पढाई सुरु गर्ने गरी आफुले कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले सबैको सहयोगमा नै अस्पताललाई अघि बढाउन आफु तयार रहेको भन्दै अस्पतालको स्तरोन्नतिका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा घोराही उपमहानगरपालिका १० नारायणपुर निबासी डा. लामिछानेलाई हिजो मात्रै नियुक्त गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्