११ फागुन,काठमाडाैं -नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा तनहुँमा किटानी जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएकाे छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाे भन्दै जाहेरी लिन मानेकाे थिएन ।
म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि लागेकाे छ। गायिका अधिकारी नाबालिका हुन् । कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ । म्युजिक भिडयाेमा व्यस्त शाह पछिल्लाे समय महिला कलाकारसंगकाे सम्बन्धकाे कारण चर्चामा छन् ।