
११ फागुन,काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकटका व्यक्तिहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।
अदालतको फैसलासँगै आगामी कदमबारे धारणा बनाउन केही मन्त्रीहरुलगायत नेताहरु बालुवाटारमा छलफलका लागि सहभागी भएको बताइएको छ ।
यसैबीच, ओली निकट नेतृ एवं संसदमा नेकपाकी सचेतक शान्ता चौधरीले सर्वोच्चको फैसलाप्रति सम्मान रहेको बताएकी छिन् । ‘अस्थिरता फैलाउने र विग्रहमा रमाउनेहरुका विरुद्ध र नेपाली जनताका पक्षमा एकजुट हुने छौँ,’ चौधरीको टिप्पणी छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार