२०८२ बैशाख ९ गते सोमवार

दाङमा एक जना मजदुरको कोइला खानी भित्रै पुरिएर मृत्यु



११ फागुन,घोराही ।
दाङमा कोइला खानीमा काम गर्ने क्रममा १ जना मजदुरको खानी भित्रै पुरिएर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा न.१९ राम्चेस्थित कोइला खानीमा सोही वडाको तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । सोमबार दिउँसो कोइला निकाल्ने क्रममा खानी भित्र पुरिएर बिकको मृत्यु भएको हो । उनको शवलाई अहिले पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

यसैबीच मृतकका परिवारले क्षतिपूर्ती स्वरुप रु १० लाख पाउने भएका छन् । वडा नम्बर १९ का वडा सदस्य जंग बहादुर रोकामगरका अनुसार वीमाबापत रु ५ लाख र राहात स्वरुप रु ५ लाख गरी रु १० लाख क्षेतिपूर्ती पाउने गरि कम्पनीसँग सम्झौता भएको वडा सदस्य रोकामगरले बताउनुभयो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्