१० माघ, घोराही- विद्यालय स्थापनाकालबााटै शिक्षा क्षेत्रमा प्रभाव जमाउन सफल गुरुकुल एकेडेमी घोराहीले आठौ वार्षिकोत्सवको अवसरमा सात दिने मिनि ओलम्पिक आयोजना शुरु गरेको छ । गुरुकुल एकेडेमी घोराहिका प्रिन्सिपल डा. कृष्णराज डिसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुबेदिको प्रमुख आतिथ्यमा आज बिहिबार एक कार्यक्रम गरि सात दिने खेलकुद गतिविधि सहित मिनि ओलम्पिक शुरु गरिएको हो ।
सो अवसरमा, प्रमुख अतिथि सुबेदिले विद्यालय स्तरबाट नियमित शिक्षासँगै अतिरिक्त कृयाकलापमा बालबालिकालाई सहभागी गराउन सकेमा स्वस्थ नागरिक उत्पादन मात्रै नभई व्यवहारिक शिक्षामा पनि योगदान पुग्ने बताउनुभयो । शिक्षा क्षेत्रको विकासमा संस्थागत विद्यालयले खेल्दै आएको भुमिकाका कारण थुप्रै दक्ष जनशक्ति उत्पादन हुन सम्भव भएको बताउँदै महासंघ अध्यक्ष सुबेदिले गुरुकुल एकेडेमीले दाङको शिक्षा क्षेत्रमा पहिचान स्थापित गर्न सफल विद्यालयका रुपमा रहेको विश्वास व्यक्त गर्नुभयो ।

यसै गरि गुरुकुल एकेडेमी विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले सुझाव मनन गर्दै गुरुकुल सफल बनाउन मेहनत गर्ने र सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद दिनुभयो साथै उँहाले शिक्षा सँस्कार र संस्कृतिको त्रिवेणि गुरुकुल एकेडेमीले सफलताको आठौ बर्षमा घोराहि र लमहिमा पनि विद्यालय संचालनमा आएको पनि बताउनुभयो ।