१० माघ, घोराही- रोल्पाको गंगादेव गाउँपालिका १ चैतेकाफल भन्ने स्थानमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गंगादेव गाउँपालिका १ का अर्जुन घर्तिका छोरा १४ बर्षिय उमेश घर्तिको मृत्यु भएको छ । अन्य घाइतेलाई उपचारको लागि घर्तिगाउँ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
दाङ तुलसीपुरबाट ओत रोल्पा जाने सडक खण्डमा मेलडारी बाट पोखरा तर्फ जादै गरेको ग १ ज ५७४२ नम्बरको डबल क्याव जिप चैतेकाफल भन्ने स्थानमा सडक देखी तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार