१० माघ, घोराही-दाङको घोराही–१४ झिगौँरामा छ दिन देखी जारी प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ मा आज छैठौँ दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति रहने भएको छ ।
नेपाल मगर संघ घोराही नगर कार्यसमितिको आयोजनामा जारी मेलामा बिहिवार चर्चित लोकदोहोरी गायक राजु गुरुङ,रविन्द्र सुनार, गायिका तुलसा मगर, रुचा मगर , पार्वती चौधरी,मोडल आरुषी मगर,बाल गायिका सुरक्षा बाठा मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने मुल आयोजक समितिका संयोजक बेद बहादुर बुढा मगरले जानकारी दिनुभयो ।
सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत वेशभूषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएको जनाइएको छ मेलामा प्रवेशका लागिआज बिहीबार देखि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया, विद्यार्थी, जेष्ठनागरिक तथा शारीरिक अपांगता भएकाहरुलाई प्रवेशमा केही छुट गरिएको आयोजकको भनाई रहेको छ ॥