९ माघ,घोराही –
दाङमा आज ६७ जना कोरोना संक्रमण मुुक्त भएका छन् । वितेको २४ घण्टामा ६७ जना कोरोना संक्रमण मुक्त भए पछि अब जिल्लामा सकृय विरामीको संख्या २ सय ५७ जनामा झरेको छ । ति सकृय विरामीहरु मध्य २ सय ५० जना घरमा, ५ जना अक्सिजन सहितको उपचारमा र २ जना आईसियूमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
यसैविच आज थप ५ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । २० जनाको एन्टीजेन परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको केन्द्रको भनाई छ । जसमा ३ जना महिला र २ जना पुरुष रहेका छन् ।।
प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार