२०८१ माघ १२ गते शनिवार

दाङमा घुमन्ते व्यबसायीहरुलाई पोशाक वितरण



९ माघ,घोराही – राप्ती कवाड व्यवसायी समिति दाङले घुमन्ते व्यबसायीहरुलाई पोशाक वितरण गरेको छ । समितिमा आबद्धमा भएका दाङका सम्पूर्ण व्यबसायीहरुलाई पोशाक वितरण गरिएको छ । समितिका अध्यक्ष मञ्जित पुनका अनुसार ७ सय बढि घुमन्ते व्यबसायीहरुलाई पोशाक वितरण गरिएको हो ।

समितिको बैठकको निर्णय बमोजिम उनीहरुलाई पोशाक वितरण गरिएको हो । व्यबसायीहरुलाई एकताबद्ध बनाउनकालागि पोशाकले भूमिका खेल्ने समितिका अध्यक्ष पुनको भनाई छ । अहिले पनि कवाड व्यबसायीहरुलाई हेर्ने दृष्टिकोण फराकिलो हुन नसकेको भन्दै कवाड व्यबसायीहरुलाई मर्यादित र एकताबद्ध बनाउन आबश्यक रहेको समेत पुनको भनाई छ ।

पोशाक पाउँदा कवाड ब्यबसायीहरु पनि हर्षित भएका छन् । पोशाक नहुँदा आफूहरुले दुःख पाउने गरेको भन्दै अब त्यो समस्या हल हुने व्यबसायी रमजान दुनियाले बताउनु भयो । आफूले पाएको पोशाक कारोबार गर्दा लगाउने समेत अर्का कबाड व्यबसायी हरिशंकर जैसवालले बताउनु भयो । समितिमा आबद्ध कबाड व्यबसायीहरुको पहिचान तथा पोशाक नहुँदा समाजमा परिचित नहुने समस्या छ ।

अन्य ब्यक्तीले चोरी गर्ने तर, त्यो आक्षेप कवाड ब्यबसायीहरुलाई लाग्ने गरेको भन्दै अब भने त्यो समस्या नहुँने व्यबसायी जैसवालले बताए । समितिका सबै व्यबसायीहरुलाई पोशाक लगाएर उपभोक्तासंग सामान खरिद गर्न समेत अनुरोध गरिएको छ ।

समितिले पोशाक नलगाएर सामान खरिद गरेमा कारवाही गर्ने निर्णय गरेकोले सोही निर्णय पालना गर्न समेत अनुरोध गरिएको छ । त्यस्तै पोशाक लगाएको ब्यक्तीलाई मात्रै सामान दिन र लिन पनि उपभोक्ताहरुलाई अपिल गरिएको छ ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्