२०८१ माघ ४ गते शुक्रवार

दाङमा ५ जना नयाँ संक्रमित थपिए



९ माघ,घोराही – दाङमा आज ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । वितेको २४ घण्टामा ६७ जना कोरोना संक्रमण मुक्त भए पछि अब जिल्लामा सकृय विरामीको संख्या २ सय ५७ जनामा झरेको छ ।

ति सकृय विरामीहरु मध्य २ सय ५० जना घरमा, ५ जना अक्सिजन सहितको उपचारमा र २ जना आईसियूमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यसैविच आज थप ५ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । २० जनाको एन्टीजेन परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको केन्द्रको भनाई छ ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्