९ माघ, काठमाडौँ- ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा गुडिरहेको जिपमा पहाड माथिबाट ढुङ्गा खस्दा तीन जनाको मृत्यु भएको छ। डोजरले माटो मिलाउने क्रममा ढुङ्गा खसेको थियो। मृत्यु हुनेहरूमा दुई बालबालिका युवक कोइराला र युनिषा कोइराला एकै परिवारका रहेका छन्। अर्का मृतक भने हेमबहादुर मगर रहेको खुलेको छ।
सदरमुकाम आउँदै गरेको को १ ज ३५६९ नम्बरको जिपमा सवार रहेका ६ जनामध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डीएसपी गोविन्द काफ्लेले बताए। घाइतेमध्ये दुई जनालाई उपचारको लागि काठमाडौँ पठाइएको छ।
प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार