९ माघ, काठमाडौं –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमणपछि उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिएको जनाइएको छ ।
लामो समयदेखि स्वास्थ्य समस्या रहेकी सिताको दुई दिनअघि पीसीआर परीक्षण गरिएको थियो । परिक्षणमा रिपोर्ट पोजटिभ आएको बताइएको छ । यसअघि उनलाई भारत तथा सिंगापुरमा पटक पटक उपचारको लागि लगिएको थियो । तर उनी पूर्णरुपमा निको भएकी थिइनन् ।।
प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार