२०८१ चैत्र ११ गते सोमवार

मलेसियाबाट अस्तुसहित १९ वटा शव आयो



१० माघ,घोराही ।
मलेसियामा मृत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याईएको छ । एक जनाको अस्तुसहित १९ जनाको शव आइपुगेको हो ।

वैदेशिक रोजगार बोर्डका अनुसार ती शवलाई नेपाल एयरलाइन्सले आज त्रिभुवन विमानस्थलमा ल्याइपु¥याएको हो । परिवारको आग्रहमा नेपाली दूतावासले उतै दाहसंस्कार गरी निजगढका वीरबहादुर तामाङको अस्तु मात्रै पठाएको छ ।

बाँकेका तिर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लिलाबहादुर खड्का, बिष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ, काभ्रेका अजय तामाङको शब ल्याईएको छ ।

त्यस्तै नुवाकोटका मिलन लामा, ताप्लेजुङका धनबहादुर बिके, नेत्रप्रसाद भट्टराई, रौतहटका विरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान, इटहरीका मोहम्मद मिस्तार, मोरङका रामकुमार मुदियारको शव आएको हो ।

उनीहरुको विभिन्न कारणले डिसेम्बर ५ देखि २८ भित्र ज्यान गएको हो । जनवरी महिनामा मृत्यु भएका अझै १६ जनाको शव आउन बाँकी छ । कोरोना महामारीले मलेसियामा लकडाउन भएकोले शव पठाउन कठिन भएको नेपाली दूतावासले जनाएको छ ।।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्