२०८२ बैशाख ९ गते सोमवार

बाघको आक्रमणबाट दाङकी एक महिला गम्भीर घाइते



१० माघ,घोराही।
दाङमा बाघको आक्रमणबाट एक जना महिला गम्भीर घाइते हुनुभएको छ । लमही नगरपालिका वडा नम्बर ८ खोलीगाउँ निवासी ५० वर्षिया बेलमती चौधरी बाघको आक्रमण बाट गम्भीर घाइते हुनुभएको हो ।

उहाँको मुख, आँखा र टाउकोमा बाघले आक्रमण गरेको छ । आज दिउँसो तीन बजे तिर बाख्रा चराउन नजिकैको जङ्गलमा गएको समयमा बाघले एक्कासी आक्रमण गरेको हो । बाघको आक्रमणबाट गम्भीर घाइते बेलमतीको लमही अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्