१० माघ,घोराही ।
घोराहीमा जारी चौथो मेयरकप रनिङ फुटबल खेलमा आज वडा नम्बर १५ र वडा नम्बर १८ का खेलाडीहरु विजयी भएका छन् । नवलपुर मैदानमा भएको पहिलो खेलमा वडा नम्बर १ लाई वडा नम्बर १८ ले शुन्यका बिरुद्ध ५ गोलले पराजित गरेको हो ।
विजयी वडा १८ का खेलाडी रुपक शाही भण्डारीले चार र शंकर भण्डारीले एक गोल गर्नुुभएको थियो । त्यसैगरी, दोस्रो खेलमा वडा नम्बर १२ लाई वडा नम्बर १५ ले एकका बिरुद्ध २ गोलले पराजित गरेको छ । वडा नम्बर १२ का शाहुल बुढाले एक गोल गर्नुभएको थियो ।
त्यसैगरी विजयी वडा नम्बर १५ शुशिल कुमार बानियाँ र सुदन भण्डारीले एक एक गोल गरेको खेल व्यवस्थापक दिपक पुुनले जानकारी दिनुुभएको छ । भोली मध्यान्न हुुने पहिलो खेलमा वडा नम्बर १३ र १४ विच, दोस्रोमा वडा नम्बर २ र ७ विच खेल हुुने भएको छ । यसैगरी गत ८ गते वडा नं १३ र १४ बिच भएको प्रतिष्पर्धामा केहि विवाद आएपछि सो प्रतियोगिता भोली फेरी हुन लागेको आयोजकले बताएको छ ।।