१० माघ,घोराही।
जेसीआई त्रिभुवननगरको आयोजनामा गोरक्ष रत्नाथ पात्रदेव मन्दिर चौघेराको परिसरमा सरसफाई गरिएको छ ।
जेसीआईका कार्यबहाक अध्यक्ष कुलबहादुर वलीको अगुवाईमा जेसीआईमा आबद्ध सदस्य, दाङ महिला जेसीजका अध्यक्ष ममता विष्ट, द लोटस ट्रेनिङ सेन्टरका प्रशिक्षार्थीहरुको सहभागितामा सरसफाई गरिएको हो ।
घोराही उपमहानगरपालिका १७ स्थित चौघेरा मन्दिरमा आउने भक्तजनहरुबाट हुने फोहोर तथा पातपतिंगरलाई व्यवस्थापन गर्न जेसीआईले सरसफाई कार्यक्रमको आयोजना गरेको हो । हालै निर्वाचित जेसीआईका नयाँ पदाधिकारीहरुले धार्मिक स्थलको सफाई गरेका हुन् ।।
प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार