२०८१ मङ्सिर २५ गते मङ्गलवार

सडक हस्तान्तरण नहुँदै जिर्ण



७ पुुस,घोराही –
घोराहीको कटुवा खोलादेखि नेत्रलाल अभागी चोकसम्मको सडक हस्तान्तरण नहुँदै जिर्ण बन्दै गएको छ । सडकखण्डका बिभिन्न ठाउँमा खल्डाखुल्डी परेका कारण यात्रुुहरु र धुुलोका कारण नागरिकले सास्ती पाउने गरेका छन् ।

ट्राफिक चोकमा सबैभन्दा धेरै सडक भत्किएको छ । डेढ किलोमिटरको उक्त सडकखण्ड चार लेनमा विस्तार गर्न कान्छाराम शंकरमाली जेभीसँग २०७१ भदौ ११ गते सम्झौता भएको थियो । निर्माण कार्य २०७५ साल असोज ३० गते सम्पन्न भएको थियो ।

तर निर्माणसम्पन्न भएको ६ वर्ष बितिसक्दा पनि उक्त सडकखण्ड हस्तान्तरण हुन सकेको छैन । खल्डाखुल्डी परेको सडक मर्मत गर्न कम्पनीले अटेर गरिरहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी अमिर सुवेदीले बताउनुभयो ।

त्यसैगरी, कटुुवाखोला पुुलको अबस्था पनि उस्तै रहेको छ । पुुल माथी फेरी ढलान गरिएको छ भने दुुबै तर्फको एप्रोच कालोपत्रे नहुदा धुुलाम्य र खाडल परेको छ । निर्माण कम्पनीका प्रतिनिधि पदम शर्माले सडक ठेक्काको ११ करोडमध्ये हालसम्म आठ करोडमात्र भुक्तानी पाएको थप भुक्तानी पाए सडक मर्मत गर्ने प्रतिकृया दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्